माधव नेपालको पार्टीले पायो दलको मान्यता, एमाले औपचारिक रूपमै विभाजन

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले औपचारिक रूपमै विभाजन भएको छ । माधव नेपालको नेतृत्वमा एमालेका ५५ केन्द्रीय सदस्यले नेकपा (एकीकृत समाजवादी) नामको पार्टी दर्ता गरेका हुन् । पार्टीलाई बुधवार निर्वाचन आयोगले नयाँ दलको रूपमा आधिकारिकता दिने निर्णय गरेको हो । आयोगको निर्णयसँगै नयाँ पार्टीले प्रमाणपत्र पनि पाएको छ ।

एमालेबाट अलग भएर माधव नेपाल पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । बुधवार भएको सनाखतपछि आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो। आयोगले माधव नेपाललाई आधिकारिकता दिएसँगै नेकपा एमाले कानूनीरूपमा पनि फुटेको छ ।



नयाँ दलले मान्यता पाएसँगै माधव नेपालको पार्टीले संसद्मा पनि संसदीय दल गठनको अवसर पाउने छ । नेकपा (एकीकृत समाजवादी)को पक्षमा साविकको एमाले केन्द्रीय कमिटीका ५५ सदस्य र संघीय संसदका ३० सांसदले हस्ताक्षर सनाखत गराएका छन् ।

३० बाहेक अन्य चार सांसदले पनि माधव नेपालको पक्षमा लाग्ने जनाउ दिएका छन् । तर दल दर्ताको निवेदनमा उनीहरूको हस्ताक्षर नभएका कारण आयोगले बुधवार सनाखत गर्न अस्वीकार गरेको हो ।

सम्बन्धित समाचार