नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदौ ।
जर्मन कप फुटबलमा बायर्न म्युनिखले पाँचौं डिभिजन क्लब ब्रेमेर एसभीलाई फराकिलो अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा ब्रेमेर एसभी बायर्नसँग १२-० को फराकिलो अन्तरले पराजित भएको हो ।
एकतर्फी बनेको खेलमा बायर्नको लागि एरिक म्याक्सिम मोटीङ चार गोल गरे भने जमल मुसिलाको नाममा दुई गोल रह्यो । त्यस्तै लोरी साने, मलिक टिलम्यान, माइकल कुइसन्स, बोउना सार र कोरेन्टिन टोलिस्सोले समान १-१ गोल गर्दा ब्रेमेरका जान वार्मले एक आत्मघाती गोल गर्दै बायर्नलाई उपहार गोल दिए ।
त्यस अघि खेलको ७६ औं मिनेटमा ब्रेमेरका उगो मारियो रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटिएको थियो ।