नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बिहीबार) रु २०० ले ओरालो लागेको छ । तोलामा ३०० रुपैयाँ घट्दै रु ९१ हजार ३०० मा बुधबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ९१ हजार १०० मूल्य निर्धारण भएको हो ।
यस्तै तेजाबी सुन बुधबार तोलामा रु ९० हजार ८०० मा कारोवार भएकामा आजका लागि भने रु ९० हजार ६०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहदै बुधबारकै मूल्य अनुसार तोलाको रु १ हजार २१० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।