नवकान्तिपुर संवाददाता
काठमाडौं, १० भदौ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि आज(बिहिबार) पत्रकार सम्मेलन गर्दै उनले आफ्नो पार्टी सरकारमा जाने बताएका हुन् ।
अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै जाने भन्दै आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने टिप्पणी गरे । त्यस्तै उनले भने ‘अब पाँच दलीय गटबन्धनलाई अगाडि लैजान चाहन्छौं, सरकारमा सहभागी हुन्छौं ।’ कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्याको विषयमा बोल्ने भन्दै नेपालले सुकुम्वासी समस्या समाधान गर्ने भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी र शिक्षा लगायतका सात विषयलाई महत्व दिने दाबी गरे ।
त्यस्तै नेपालले नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता रहेको बताए । नेपालले क्रान्तिकारी योद्धाहरूलाई ओलीले पार्टीबाट निष्कासन गरेको दाबी गर्दै दक्षिणपन्थी भासमा पसिसकेको ओली समूहबाट विद्रोह गर्न आह्वान गरे ।

