नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (शुक्रबार) रु ५०० ले उकालो लागेको छ । तोलामा २०० रुपैयाँ घट्दै रु ९१ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ९१ हजार ६०० मूल्य निर्धारण भएको हो ।
यस्तै तेजाबी सुन बिहिबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएकामा आजका लागि भने रु ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै तोलाको रु १ हजार २०० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।