मोहम्मद आफताब आलमको मुद्दामा आज सुनुवाई हुँदै

कांग्रेस नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाई आज(शुक्रबार) हुने भएको छ । सर्वोच्च अदालतले आलमको सुनुवाईका लागि आज पेशी तोकेको हो ।

न्यायाधीश प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको इजलासमा उनको सुनुवाई हुनेछ । गत साउन २९ मा न्यायाधीश प्रकाशमानसिंह राउन र कुमार चुडालले उनको मुद्दा ‘हेर्न नमिल्ने’मा राखेको थियो । २७ चैत २०६४ मा रौतहटमा आलमको घर नजिक बम बनाउने क्रममा बम विस्फोट हुँदा घाइते आठजनालाई उनले ईंट्टाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोगमा थुनामा रहेका छन् ।



जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने भन्ने आदेश विरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

सम्बन्धित समाचार