किन भएन सुनुवाइ आलमको मुद्दामा ?

कांग्रेस नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाई आज(शुक्रबार) पनि भएन । सर्वोच्च अदालतले आलमको सुनुवाईका लागि आज पेशी तोकेको थियो ।

न्यायाधीश प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको इजलासमा उनको सुनुवाईको लागि पेशी तोकिएको थियो । विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम आज उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो । उनको मुद्दामा सुनुवाइको लागि पेशी तोकेपनि अहिलेसम्म सुनुवाई हुन सकेको छैन ।



गत साउन २९ मा पनि न्यायाधीश प्रकाशमानसिंह राउन र कुमार चुडालले उनको मुद्दा ‘हेर्न नमिल्ने’मा राखेका थिए । २७ चैत २०६४ मा रौतहटमा आलमको घर नजिक बम बनाउने क्रममा बम विस्फोट हुँदा घाइते आठजनालाई उनले ईंट्टाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोगमा थुनामा रहेका छन् ।

जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने भन्ने आदेश विरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

सम्बन्धित समाचार