किन खोले विमलेन्द्र निधीले बानेश्वरमा सम्पर्क कार्यालय ?

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले बानेश्वरमा सम्पर्क कार्यालय खोलेका छन् । आज (शुक्रबार) निधीले आउँदो महाधिवेशनलाई लक्षित गर्दै सम्पर्क कार्यालय खोलेका हुन् ।

आसन्न १४ औं महाधिवेशनमा कांग्रेसको सभापति पदमा उम्‍मेदवारी दिने निर्णय गरेसँगै निधिले बानेश्वर ब्याङ्क्वेटमा सम्पर्क कार्यालय खोलेका हुन् । निधिले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको छु ।’ नेपाली कांग्रेसलाई आगामी चुनावमा बहुमत दिलाउने उद्देश्य रहेको भन्दै निधिले आफूले सभापति पदमा उम्‍मेदवारी दिने निर्णय गरेको बताए ।



खोले विमलेन्द्र निधीले बानेश्वरमा सम्पर्क कार्यालय

सम्पर्क कार्यालयको उद्‌घाटनमा कांग्रेसका नेताहरु उपस्थिति रहेको थियो । ब्याङ्क्वेटमा सातै प्रदेशका लागि फरकफरक सम्पर्क कक्ष स्थापना गरिएको छ ।

सम्बन्धित समाचार