नेकपा (एकीकृत समाजवादी)ले गठन गर्‍यो ५ सदस्यीय स्थायी कमिटी, को को परे ?

नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी गठन गरेको छ । अहिलेका लागि पाँच सदस्यीय स्थायी कमिटी बनाइएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

स्थायी कमिटीमा माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रवेश हमाल रहेका छन् ।



नेता खतिवडाका अनुसार यी पाँचैजना एमालेमा पनि स्थायी कमिटी सदस्य थिए । नेता नेपाललाई सहज पार्न तत्कालका लागि पाँच सदस्यीय स्थायी कमिटी बनाइएको उनले बताए ।

सम्बन्धित समाचार