देउवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार बिहान बालुवाटारमा भएको भेटवार्तामा सरकारलाई यथाशिघ्र पुर्णता दिने बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउनको लागि देउवाले झण्डै डेढ महिनासम्म मन्त्रिमण्डल विस्तार गरेका थिएनन् । अब नेपाल समूहको पार्टी दर्ता भएकोले उनीसहितका सलहरुलाई सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा देउवा जुटेका छन् ।



सत्ता गठबन्धनमा काँग्रेसलाई प्रधानमन्त्रीसहित ७ मन्त्रालय र अन्य दलहरुलाई ६-६ मन्त्रालय दिने गरी भगवण्डा टुंगिएको छ । आइतबार मन्त्रिमण्डललाई पूर्णता दिने गरी दलहरु मन्त्री छान्न व्यस्थ छन् ।

सम्बन्धित समाचार