नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदौ ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । गए राति भएको खेलमा रियल बेटिस रियल मड्रिडसँग १-० ले पराजित हुन पुग्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको निकै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको ६१ औं मिनेटमा करिम बेन्जिमाको पासमा ड्यानी कार्भाजलले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । त्यसपछि थप समयमा कुनै टोलीबाट गोल भएन र खेल रियल मड्रिडले खेल १-० ले आफ्नो पक्षमा पार्यो । यद्यपि दुवै टोलीले गोल गर्ने केही सुन्दर अवसर खेर फालेका थिए ।
जितसँगै रियल मड्रिड ३ खेलमा ७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने ३ खेलमा २ अंक जोडेको रियल बेटिस १४ औं स्थानमा रहेको छ ।