सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । आज(आइतबार) बिहान भएको भेटवार्ता मन्त्रिमण्डल विस्तारबारे छलफल भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा मन्त्रिमण्डल विस्तार र मन्त्रालयको भागबण्डाबारे कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।



एमालेबाट छुट्टिएका माधव नेपाल नेतृत्वको समाजवादीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी अनुसार नेताहरुबीच छलफल भएको स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच भोलि (सोमबार) बैठक बसेर मन्त्रिमण्डल विस्तारबारे अन्तिम टुंगो लगाउने सहमति भएको छ ।

गत साउन २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवा नेतृत्वको सरकारले डेढ महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न  नसक्दा सरकारको आलोचना भइरहेको छ । यसअघि भएको भेटमा कांग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्रालय पाउने सहमती भएको छ ।

सम्बन्धित समाचार