चौथाईवालेसँगको भेटमा हाम्रा नेताले राष्ट्रिय हितका के कुरा गरेछन् ? : भीम रावल

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालाको नेपाल भ्रमणको क्रममा नेताले राष्ट्रिय हितमा के कुरा गरेछन् ? भनेर जनतालाई जानकारी गराउनुपर्ने बताएका छन् ।

आज (आइतबार)एक ट्विट गर्दै रावलले कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाइवालेसँग भेटवार्ता गरेको कुराकानीको विषयमा जनतालाई जानकारी गराउनुपर्ने बताएका हुन् । भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेले हालै नेपाल भ्रमण गरेका थिए ।



रावलले ट्विटमा लेखेका छन् ,‘कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाइवालेसंग भेटवार्ता गर्ने कुनकुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्ने विषय उठाएछन् र राष्ट्रिय हितका के कुरा गरेछन्,जनतालाई जानकारी गराउने नैतिक जिम्मेवारीबोध गर्ने कि?”

रावलको ट्विट :

रावलको ट्विट :

सम्बन्धित समाचार