नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदौ ।

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालप्रति जवाफ फर्काएका छन् । सामाजिक सञ्जाल ट्विटरमा रावलले कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने बताएका हुन् ।
शनिबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले एक कार्यक्रममा दोस्रो पुस्ताका नेताहरुले आफूलाई घचेटेर अगाडि बढ् भनेको, तर पछाडि फर्किएर हेर्दा कोही नपाएको बताएका थिए । उक्त भनाइप्रति रावलले आफूले कसैलाई नधकेलेको बताए।
रावलले ट्विटमा लेखेका छन्,‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।’
रावलको ट्विट :

