पार्टी एकता गर्न चाहेको कुरा हल्ला मात्र हो : माधव नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । आज(आइतबार)नयाँ वानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् ।

उनले भने– ‘हाम्रो यस अगाडि देखि नै जिल्ला जिल्लामा संगठन रहेको छ । अब राष्ट्रिय सम्मेलन गरेर त्यसलाई अझै मजबुद बनाउनुपर्नेछ ।’ त्यस्तै उनले आफूहरुले पार्टी एकता गर्न चाहेको कुरा हल्ला मात्र भएको बताए । नेपालले आफ्नो पार्टी मुलुक र जनतको हितका लागि क्रियाशील रहेको भन्दै पार्टीका सांसदहरुलाई पार्टीको क्रान्तिकारी धार विस्तारको अभियानलाई अघि बढाउन आग्रह गरे ।पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले बताए ।



वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने र पञ्चशीलको सिद्धान्तलाई आत्मसाथ गर्दै एकीकृत समाजवादी अघि बढ्ने अध्यक्ष नेपालको भनाइ छ । यस्तै नेपालले केपी शर्मा ओलीलाई आलोचना गर्दै आफूले मात्र काम गरेको दावी गर्ने हो भने एक पटक महालेखा परीक्षकको प्रतिवेदन पढ्न आग्रह गरे। नेता नेपालले ओलीले पार्टी तहसनहस पारेको बताए ।

सम्बन्धित समाचार