नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदौ ।

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । आज (आइतबार)नयाँ वानेश्वरमा बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
त्यस्तै स्थायी कमिटी सदस्य बेदुराम भुसाल राष्ट्रियसभा संसदीय दल नेतामा चयन भएका छन् । अरु पदाधिकारीहरु भने पछि चयन हुने सांसद विरोध खतिवडाले जानकारी दिए । गत भदौ ९ गते नेकपा एमालेबाट अलग भएपछि निर्वाचन आयोगमा नेता नेपालको पार्टी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।
यस्तै बैठकले विधान मस्यौदा समिति बनाएको छ । समितिमा भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहेका छन् ।

