नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदौ ।

प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । आज (आइतबार) मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् ।
उनले शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि साह भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका थिए । साहअघि अर्थ मन्त्रालयको जिम्मेवारी जसपाका प्रदेश अध्यक्ष विजय यादवलाई दिइएको थियो । त्यस्तै राउतले विजय यादवलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको एक स्रोतले बताएको छ ।
हेरफेर गरिएका दुवै मन्त्रीले नयाँ मन्त्रालयको जिम्मेवारी सोमबारदेखि सम्हाल्दै छन् । मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

