नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ भदौ ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । गए राति भएको खेलमा गेटाफे बार्सिलोनासँग २-१ ले पराजित हुन पुग्यो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा खेलको चौथों मिनेटमा सेर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर, खेलको १८ औं मिनेटमा गेटाफेका सान्ड्रो रामिरेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै, खेलको ३० औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।
पहिलो हाफ २-१ मा सकिएको खेलमा दोस्रो हाफमा कुनै टोलीबाट गोल नभएपछि खेल बार्सिलोनाले २-१ ले आफ्नो पक्षमा पार्यो । यद्यपि दोस्रो हाफमा दुवै टोलीले केहि गोल गर्ने अवसर खेर फालेका थिए । जितसँगै बार्सिलोना ३ खेलमा ७ अंक जोड्दै तालिकाको चौंथो स्थानमा रहेको भने समान खेलमा अंक जोड्न नसकेको गेटाफे तालिकाको पुछारमा रहेको छ ।