नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालद्वारा शुभकामना

कृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै नेपालले नेपालीहरुमा सु:ख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् । आज कृष्ण जन्माष्टमीको अवसरमा देशैभरी सार्वजनिक बिदा दिइएको छ । त्यस्तै, सुदुरपश्चिम प्रदेशमा प्रचलित गौरा पर्वपनि आज धुमधामका साथ मनाइदै छ ।



उनले फेसबुक लेखेका छन्, ‘श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना’। ।

सम्बन्धित समाचार