नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (सोमबार) पनि स्थिर रहेको छ । तोलामा ५०० रुपैयाँ बढ्दै रु ९१ हजार ६०० मा शुक्रबार कारोवार भएको छापावाला सुनको मूल्य हिजो पनि स्थिर रहँदै सोहि मूल्यमा कारोवार भएको थियो ।
छापावाला सुन आज पनि तोलाको रु ९१ हजार ६०० मूल्य निर्धारण भएको हो । त्यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१ हजार १०० मा कारोवार भएकामा आजका लागि पनि रु ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य आइतबारकै मूल्य अनुसार तोलाको रु १ हजार २१० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।