गगन थापाले गरे यस्तो घोषणा

महामन्त्रीमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज (सोमबार) काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने,‘मैले तपाईँहरुलाई साक्षी राखेर उम्मेद्धवारी घोषणा गरेको छ । मैले यहाँबाट घोषणा गर्दा विगतमा पनि सफलता प्राप्त गरेको छु । आशा छ, यसपटक पनि म सफल हुन्छु ।’ थापाले आफ्नो दावेदारीको आधार आफ्ना आग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।



उनले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको पनि जनाए ।

सम्बन्धित समाचार