एमाले अध्यक्षका लागि म योग्य छु : ईश्वर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको आगामी महाधिवेशनका लागि आफू अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको दाबी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘मैले चाँही के बुझ्छु भने त्यो संवेदनशील घडीमा आवश्यकता के पर्छ ? कस्तो हुन्छ? देशभरका कार्यकर्ताको चाहना के हुन्छ ? डिमान्ड के हुन्छ ? त्यो कुरालाई हेक्का राख्नुपर्छ। तर, तिमी त्यो क्षमता राख्छौ कि राख्दैनौ भनेर मलाई सोध्ने हो भने मैले फेरी दोेहोर्‍याउँछु–म इतिहासले, निष्‍ठाले, निरन्तरताले, क्षमताले कुनै पनि जिम्मेवारीमा डिजर्भ गर्छु।’

इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसावले आफू कुनै पनि जिम्मेवारी लिन सक्षम रहेको दाबी गरे। पार्टी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिनेगरी अघि बढ्ने समेत उनले बताए। उनले सत्तारुढ गठबन्धन धेरै दिन टिक्न नसक्ने दाबी गरे।



उनले भने, ‘टालाटुली बाटुली के जाति भन्ने कुरा छ नि। त्यो हेर्दै जानु छ। यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ? कसरी गर्छ, हेर्दै जानुछ । हामी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने हिसावले अगाडि जान्छौं।’

महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्रको गुटबन्दीको कारण आफ्नो पार्टीमा विभाजन आएको पनि स्मरण गराएँ। नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल बैशाख १० गते भित्र सम्पन्न गरिसक्नु पर्नेछ। महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरिएको पनि स्पष्ट पारे।

सम्बन्धित समाचार