यी ११ सांसद एमाले परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी)मा

बागमती प्रदेशका ११ सांसद नेकपा एमाले परित्याग गर्दै माधव कुमार नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका छन् । आज (मंगलबार)सांसदहरुले बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा गएर एकीकृत समाजवादी पार्टीमा गएको भन्दै सनाखत गरेका थिए ।

सांसदहरु राजेन्द्र प्रसाद पाण्डे, बसन्त मानन्धर, राजेन्द्रमान श्रेष्ठ, माधव पौडेल, लक्ष्मण लम्साल, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, रमा आले मगर र कुसुमकुमार कार्की नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका हुन् ।



११ सांसद नेकपा (एकीकृत समाजवादी)मा गएसँगै अब बागमती प्रदेशमा नेकपा एमालेमा ४५ जना सांसद मात्र रहेका छन् । एमालेका ११ जना सांसदले एकीकृत समाजवादी पार्टीमा आफूलाई सनाखत गरेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् ।

सम्बन्धित समाचार