प्रचण्डले विना मगरलाई मन्त्री बनाउन लागेको भन्दै गोकुल बाँस्कोटाले दिए यस्तो प्रतिक्रिया

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विना मगरलाई मन्त्री बनाउन नपाइने तर्कको प्रतिवाद गर्दै प्रचण्डलाई समर्थन गरेका छन् ।

प्रचण्डले सुदूरपश्चिमबाट बुहारी विना मगरलाई मन्त्री बनाउन लागेको चर्चा चलिरहेका बेला उनले माधव नेपाल र नारायणकाजी श्रेष्ठभन्दा प्रचण्ड फरक भएको भन्दै बिनालाई मन्त्री बनाउन हुन्न तर्क आफूलाई मन नपरेको बताएका हुन् ।



बाँस्कोटाले सामाजिक सन्जालबाट विनाको समर्थन गर्दै लेखेका छन्- खाइॅंदो परेको कुरा त होईन तर प्रचण्डले विना मगरलाई मन्त्री बनाउन नपाउने तर्क गरेको मलाई फिटिक्कै मन परेन । प्रचण्डले माधबले जस्तो अध्यादेशबाट माओवादी बनाको हैन न त काजीले जस्तो युद्ध सकिएपछि ओते छाप पार्टी बनाको हो । प्रचण्डले पार्टी बनाउने अरुले फरमान जारी गर्ने ? त्यो मिल्दैन !

सम्बन्धित समाचार