बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा, अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले पनि राजीनामा दिने

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण खनालले पदबाट दिएका छन्। एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका खनालले आज पदबाट राजीनामा दिएका हुन्।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन खनाल मन्त्री नियुक्त भएका थिए। हिजो उनले औपचारिक रुपमा बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित समाजवादी पार्टी रोज्दै सनाखत गरेका थिए।



आफूले अर्कै दल रोजेकाले सरकारलाई काम गर्न सजिलो होस् भनेर आफूले राजीनामा दिएको उनले बताए। बागमती प्रदेशमा एमालेका १२ जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन्। एमालेका ५६ मध्ये १२ सांसदले अर्कै दल रोजेपछि एमालेको प्रदेश सरकार अल्पमतमा परेको छ। विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री शाक्यले पनि राजीनामा दिने मनस्थिति बनाएको बताइन्छ ।

सम्बन्धित समाचार