नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदाै ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दै छ । क्रियाशील सदस्यता तथा आसन्न महाधिवेशनबारे छलफल गर्न बोलाइएको बैठक पौडेलनिवास बोहोराटारमा बस्न लागेको हो।
बिहान १० बजेका लागि बोलाइएको बैठकमा महाधिवेशनका विषयमा छलफल हुनेछ। पौडेल पक्षले महाधिवेशनमा सभापतिको एकल उम्मेद्वार बनाएर संस्थापन पक्षसँग भिड्ने तयारी गरेको छ । आजको बैठकमा उम्मेद्बारमा सहमति खोजिने भएको छ ।
हालसम्म नेपाली कांग्रेसले ५५ जिललाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ। भदौ १८ गते वडा तहको अधिवेशन तोकिए पनि हालसम्म २२ जिल्लाको सदस्यता सूची हालसम्म पनि सार्वजनिक भएको छैन।

