नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज(बुधबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
बैठकले समसामयिक विषयका साथै प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेरबदल गर्ने बिषयमा निर्णय लिने बालुवाटार स्रोतले बताएको छ । त्यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल हुने स्रोतले बताएको छ । प्रधानमन्त्री नियुक्त भएको एक महिना भन्दा बढी समयमा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
हालसम्म चार जना मन्त्री र एक राज्यमन्त्री मात्र नियुक्त भएका छन् । अधिकांश मन्त्रालय खाली हुँदा नियमित काम प्रभावित भएको भन्दै जनस्तरबाट आलोचना हुने गरेको छ ।

