निर्वाचन आयोगविरूद्ध मुद्दा दर्ता गर्दै एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज(बुधबार) सर्वोच्च अदालत जाँदैछ । एमाले निर्वाचन आयोगविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च जान लागेको हो ।

गत भदौ १० गतेको बसेको एमालेको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको थियो । कारवाहीमा परेका सांसदहरुलाई समावेश गरेर निर्वाचन आयोगले सनाखत गराएर नयाँ पार्टी गठनमा मान्यता दिएको भन्दै कानुनी उपचार खोज्दै अदालत जाने निर्णय गरेको हो ।



निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए । निर्वाचन आयोगबाट केही विवादास्पद निर्णयहरु भएको र पार्टीले कारवाही गरेर त्यसको सूचना दिएका व्यक्तिहरुलाई समेत गणना गरेर नयाँ पार्टी गठनमा सनाखत गराउने, अनुपस्थित भएका व्यक्तिहरुलाई पनि सनाखत गराउने लगायतका गलत कामहरु भएको एमालेले जनाएको छ ।

सम्बन्धित समाचार