जिराफजस्तो कुकुर सामाजिक सञ्जालमा भाइरल

सामाजिक सञ्जालमा अहिले एउटा कुकुर निकै भाइरल बनेको छ । इन्स्टाग्राममा उसका २ लाख ४० हजारभन्दा धेरै फलोअर्स रहेका छन् ।

५ फिट ७ ईन्च अग्लो रहेको यो कुकुरलाई धेरै मानिसहरुले जिराफको उपनाम दिइरहेका छन् । एरिस नाम गरेको सेतो बोर्जोइ कुकर निकै अग्लो भएको भन्दै उनका मालिकले ढोकाको उचाई पनि बढाएका थिए । उक्त कुकुरको फोटो तथा भिडियो सामाजिक सञ्जालमा सेयर भएसँगै कुकुरको अफिसियल अर्थात् भेरिफाइड इन्स्टाग्राममा उनको फलोअर्सको संख्या बढेको हो ।



यसको उचाई आम मानिसभन्दा पनि ठूलो छ । अहिले सेतो बोर्जोइ कुकर निकै चर्चामा रहेको छ ।

सम्बन्धित समाचार