नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदाै ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आज देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र हाल देशभर सामान्य बदली रहि प्रदेश नं १ का धेरै र प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। यसैगरी, दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश नं १,बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
