यी १० जसपा सांसदले गरे लोकतान्त्रिक जनता समाजवादी पार्टीको पक्षमा सनाखत

प्रदेश २ मा जनता समाजवादी पार्टी(जसपा )का १० जना सांसदले महन्थ ठाकुर पक्षको पार्टी लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) पक्षमा सनाखत गरेका छन् । । बुधबार १० जना सांसदहरुले प्रदेश २ को निर्वाचन कार्यालय जनकपुरधाम पुगेर लोकतान्त्रिक जनता समाजवादी पार्टीका पक्षमा सनाखत गरेका हुन्।

सांसदहरु परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साहले सनाखत गरेका छन् । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।



राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी दर्ता गर्ने बाटो खुलेको थियो । बुधबार १० जनाले सनातखत गरेको र अन्यले भोलि पनि सनाखत गर्ने सांसद परमेश्वर साहले बताए ।

सम्बन्धित समाचार