मन्त्रिपरिषद् विस्तारबारे माधव नेपालले यस्तो भने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मन्त्रिपरिषद् विस्तार तत्काल नहुने बताएका छन् । नेपालले भदौ २३ अगाडी मन्त्रिपरिषद् विस्तार नहुने दाबी गरे ।

आज (बिहीबार) सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले मन्त्रिपरिषद् विस्तार तत्काल नहुने बताएका हुन् । उनले भने ‘२२-२३ गतेसम्म त कसैले पनि चुइँक्क बोल्दैन ।’ त्यस्तै नेपालले नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको बताए ।



केही दिनयता लगातार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन् । तर, मन्त्रिपरिषद् विस्तारबारे अझै ठोस निर्णय आउन सकेको छैन । सत्ता गठबन्धनका नेताहरुले भदौ २२ पछि मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प निर्वाचन आयोगले भदौ २२ गतेसम्म दिएपछि गठबन्धनका नेताहरुले त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।

यसअघि आजै प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

 

सम्बन्धित समाचार