नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदाै ।

कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी गरिएको छ। कोरोना संक्रमणका कारण लागु भएको निषेधाज्ञासँगै बन्द रहेको मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको हो।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार भदौ २५ गतेदेखि दुवै मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्व सरोकारवालासँग परामर्शका लागि बोलाएको छ।
वैशाख १६ गतेदेखि सर्वसाधारणको प्रवेशमा रोक लगाइएको मन्दिरमा नित्य पूजाबाहेक अन्य गतिविधिमा रोक लगाइएको थियो।
