नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदाै ।

अमेरिकाको न्यूयोर्कमा आएको आँधी र भीषण वर्षापछिको बाढीका कारण तीन नेपालीको मृत्यु भएको छ । अमेरिकास्थित नेपाली अनलाइन इनेप्लिजले ३ नेपालीको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेमा सोलुखुम्बुको दुधकुण्ड नेपाल घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् । न्युयोर्कमा आएको मुसलधारे वर्षा र बाढीमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
अमेरिकामा हाल सम्म ६ वटा राज्यमा वर्षा,बाढी र आँधीको प्रभाव देखिएको छ ।
