नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदाै ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएपछि २ नम्बर प्रदेशमा १५ सांसदले सनाखत गरेका छन् ।
२ नम्बर प्रदेशमा जसपाका ५४ सांसद रहेकोमा १५ सांसदले मात्रै हालसम्म लोसपाको पक्षमा सनाखत गरेका छन् ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २५ र समाजवादी पार्टीबाट २९ सांसद निर्वाचित भएका थिए । पार्टी एकीकृतपछि बनेको जसपासँग ५४ सांसद थिए । सनाखत गरेकामध्ये १४ जना राजपाबाट निर्वाचित र १ जना समाजवादीबाट निर्वाचित सांसद रहेका छन् । समाजवादीबाट निर्वाचित भएका प्रह्लाद गिरी गोस्वामीले लोसपाको पक्षमा सनाखत गरेका छन् ।
यी हुन् लोसपामा सनाखत गरेका सांसद्हरू –
१, परमेश्वर साह
२, बबिता हुमारी
३, सरिता साह
४, निलमदेवी भूमिहारिन
५, अल्का झा
६, गौरी नारायण साह
७, जानकी शरण साह
८, जैलुन राइन
९, बाबुलाल साह
१०, उपेन्द्र महतो
११, रमेशप्रसाद कुर्मी
१२, डिम्पल झा
१३, अभिराम शर्मा
१४, जितेन्द्र सोनल
१५,प्रह्लाद गिरी गोस्वामी

