गृहमन्त्रीलाई शीतलनिवास बोलाएर के भनिन् राष्ट्रपतिले ?

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । विहीबार अपराह्न गृहमन्त्री खाँण राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । गृह मन्त्रालय स्रोतका अनुसार मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे भण्डारीले गृहमन्त्रीसँग जानकारी लिएकी थिइन् ।

देशका विभिन्न भागमा आएको बाढी, पहिरा र डुबानका सन्दर्भमा पनि गृहमन्त्री खाँणले राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए ।राष्ट्रपतिले दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे पनि चासो राखेको बुझिएको छ । सरकारले भदौ १५ गते धामी घटनाको प्रतिवेदन सार्वजनिक गरेको थियो ।



धामी बेपत्ताबारे छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृह मन्त्रालयले विहीबार परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको खाँणले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

सम्बन्धित समाचार