भीम रावलद्वारा सरकारलाई यस्तो प्रश्न

नेकपा एमालेका नेता भीम रावलले दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन? भन्दै प्रश्न गरेका छन् ।

आज (शुक्रबार) एक ट्विट गर्दै रावलले दार्चुलामा विना अनुमति भारतीय हेलिकप्टर उडाइएको भन्दै आपत्ति जनाएका हुन् । त्यस्तै उनले गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबण्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ? भनि प्रश्न समेत गरे ।



सामाजिक सञ्जाल ट्विटरमा रावलले लेखेका छन्– ‘दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन? अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा,पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो?’

रावलको ट्विट :

रावलको ट्विट :

सम्बन्धित समाचार