नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदौ ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरिएको छ । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ ले एमसीसीको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शन गर्ने मध्ये १० जना युवालाई प्रहरीले पक्राउ गरेको छ । एमसीसी नचाहिने भन्ने प्ले कार्ड बोक्दै उनीहरु अमेरिकी दूतावास अगाडि पुगेका थिए । प्रहरीले अभियानका संयोजक निर्ग जैसी (नवीन) सहित, सम्राट थापा, सुशील नेपाली जनक ढुंगाना, मोहमद नसिर, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, दुर्गा जोशी, र केदार थामीलाई पक्राउ गरी महाराजगञ्जमा राखिएको छ ।
एमसीसीको विषयमा अहिले नेपालका नेताहरुबीच पनि मतभेद हुँदै आएको छ ।

