नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (शुक्रबार) १०० रुपैयाँले उकालो लागेको छ । बिहीबार तोलामा रु २०० घट्दै ९० हजार ८०० मा कारोवार भएको छापावाला सुनको आज भने रु ९० हजार ९०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन बिहीबार तोलामा रु ९० हजार ३०० मा कारोवार भएकामा आजका लागि भने रु ९० हजार ४०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य बिहीबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै तोलाको रु १ हजार १९५ मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।