नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदौ ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुंगा सुनकोशी गाउँपालिका- ९ बस्ने ३३ वर्षीय भोला कटवाल रहेका छन् । कटवालले ती किशोरीलई गत आइतबार सिद्धिचरण नगरपालिकास्थित एक गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
