नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदौ ।

नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । विद्यार्थीले दार्चुला घटनाको विरोधमा पुत्ला दहन गरेका हुन् ।
काठमाडौको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा विद्यार्थीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर् जस्ता नारा लगाउदै मोदीको पुत्ला दहन गरेका हुन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गत साउन १५ गते तुइनको लट्ठा फुकाईदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा खसी बेपत्ता भएका थिए ।
उक्त घटनामा भारतीय पक्षको संलग्नता रहेको सरकारद्वारा गठन गरेको छानबिन समितिले निष्कर्ष निकालेको थियो ।
