नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ भदाै ।

मनकामना केबुलकार आइतबार (भाेलि)बाट सञ्चालनमा आउने भएको छ । कोरोना संक्रमण बढेसँगै बन्द रहेको केबुलकार सेवा निषेधाज्ञासँगै गएको बैशाख १६ गतेबाट बन्द भएको थियो ।
मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो ।
इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् । भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा ९ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको उनको भनाइ छ ।
मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिए ।
