
नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा स्थानीय सरकारका सवालहरूबारे २ दिने खोज पत्रकारिता तालिम झापाको विर्तामोडमा आरम्भ भएको छ ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा कार्यक्रमका प्रमु्ख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी र दमक नगररपालिकाका मेयर रोमनाथ ओलीले शुभकामना व्यक्त गरेका थिए ।
तालिमका मुख्य प्रशिक्षक अग्रज पत्रकार हरिबहादुर थापाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विषयवस्तुमाथि सहभागीहरूलाई जानकारी गराएका थिए । दमक नगरपालिका र नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी (एनइडी) को सहकार्य रहेको तालिममा झापाका ३० जना क्रियाशील सञ्चारकर्मीको सहभागिता रहेको छ ।
