नवकान्तिपुर संवाददाता
काठमाडौं, २० भदाै ।

नेकपा एमाले सङ्खुवासभाका अध्यक्ष सहित ३५ जना जिल्ला कमिटी सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकबाट उनीहरूले एकीकृत समाजवादीलाई समर्थन गर्ने घोषण गरेका हुन् ।
जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित ३५ जिल्ला कमिटी सदस्यले एकीकृत समाजवादी रोजेका हुन् । नेकपा एमाले २६ सचिवालय सदस्यमध्ये १५ समाजवादीमा खुलेका छन् । सचिवालय सदस्य ऋषिकेशव चापागाईँ, कृष्णकुमार तामाङ, मानसिं पोखरेल, बद्री सापकोटा, सुमन शाक्य, केशरबहादुर महत, राजेन्द्र सुब्बा, योगराज गाउँले, डम्बरबहादुर श्रेष्ठ, केशकुमारी खत्री कार्की, डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदमकुमारी गुरुङ एकीकृत समाजवादी पार्टीमा लागेको हेमराज घिमिरेले बताए।
त्यसैगरी जिल्ला समन्वय समिति सुमन शाक्य, खाँदबारी नगरपालिका उप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिका उपप्रमुख मुना श्रेष्ठलगायत वडाध्यक्ष, सदस्यहरूको सनाखत गराउने तयारी भइरहेको जनाइएको छ । माधवकुमार नेपाल पक्षमा रहेका जिल्ला कमिटी उपाध्यक्ष भीम लिङ्खा भने अहिले कतै खुलेका छैनन् ।

