कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट निवेदनमा सुनुवाइ हुँदै

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति दिइएकोविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदनको सुनुवाइ आज हुने भएको छ।

अदालत स्रोतका अनुसार शाक्यको रिट निवेदन सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा पेसी तोकिएको हो। यो मुद्दा आजको सुनुवाइ सूचीमा चार नम्बरमा परेको छ।



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाई पनि आजै तोकिएको छ ।

सम्बन्धित समाचार