यी तीन एमाले सांसदले गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत

सुदूरपश्चिम प्रदेशका थप ३ सांसद नेकपा एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादी गएका छन् । आज (आइतबार) ३ सांसदहरुले सुदूरपश्चिम प्रदेशको निर्वाचन आयोगको कार्यालय गएर एकीकृत समाजवादी पार्टीमा गएको भन्दै सनाखत गरेका छन् ।

सांसद दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसअघि गत मंगलबार सुदूरपश्चिम प्रदेशका १० जनाले एमाले परित्याग गर्दै एकीकृत समाजवादी रोजेका थिए । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट रहेका छन् ।



निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।

सम्बन्धित समाचार