जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका-४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनीरहेका छन् । भदौ १५ गते ती बालिकालाई सहनीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार