रविना श्रेष्ठ हस्तकला डिजाइनिङ प्रतियोगिताको विजेता घोषित

नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका विजेता घोषणा गरेको छ । हस्तकलाको व्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल) द्वारा आयोजित प्रतियोगितामा रविना श्रेष्ठ प्रथम भएकी छन् भने रोशन ठाकुर र निलिमा प्रधान क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

विजेताहरूलाई महासंघले नगद पुरस्कारका साथै इन्टेरियर डिजाइनिङ हस्तकला अवार्डबाट सम्मानित गरेको छ । विजेताहरूलाई आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सस्कृति, पर्यटन तथा नागरिक उड्डयान सचिव यादवप्रसाद कोइरालाले अवार्ड प्रदान गरेका थिए । सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललगायतको पनि उपस्थिति रहेको थियो ।



हस्तकला वर्ष २०२१ का संयोजक तथा महासंघ उपाध्यक्ष रवीन्द्र शाक्यले प्रतियोगिताका लागि स्टार मार्वल एण्ड सेनेटरी तथा ग्लोवल आइएमइ बैंकको पनि सहयोग रहेको शाक्यले बताउनुभयो । । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि महासंघ र आइडिया नेपालबीच गत महिना सहकार्य गर्ने सझौता भएको थियो । सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीबीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना गरिएको आइडिया नेपालकी अध्यक्ष विन्द्रा कक्षपति प्रधानले जानकारी गराइन् ।

सम्बन्धित समाचार