माधव नेपालको पार्टीमा नेता कार्यकर्ता ओइरिएपछि एमाले महासचिवले निकाले यस्तो विज्ञप्ति

एमाले महासचिव ईश्वर पोखरेलले विभाजनमा बल पुग्ने कुनै पनि सनाखतमा भाग नलिन आह्वान गरेका छन् । पोखरेलले आइतबार अबेर प्रेस वक्तव्य जारी गरेर एमालेको घोषणापत्रको आधारमा निर्वाचित जनप्रतिनिधिहरूलाई फुट र विभाजनको विपक्षमा उभिन, अन्य पार्टीको उक्साहटमा नलाग्न आह्वान गरेका हुन् ।

एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी रोज्न निर्वाचन आयोगले दिएको समय नजिकिँदै गर्दा पोखरेलले प्रेस वक्तव्यमार्फत पार्टी नछाड्न आह्वान गरेका हुन् । एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने क्रम जारी रहेको छ ।



सुदूरपश्चिम र प्रदेश २ सभामा एमालेभन्दा एकीकृत समाजवादी ठूलो पार्टी बनेको छ । नेपाल नेतृत्वको समाजवादी पार्टीमा नेता कार्यकर्ताको आकर्षण बढेपछि पोखरेलले वित्रप्ति नै निकालेर सचेत गराएका हुन् ।

 

 

सम्बन्धित समाचार