नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदौं ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (सोमबार) १०० रुपैयाँले ओरालो लागेको छ । आइतबार तोलामा रु ६०० बढ्दै ९१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको आज भने रु ९१ हजार ४०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१ हजारमा कारोवार भएकामा आजका लागि भने रु ९० हजार ९०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य आइतबारको मूल्य अनुसार नै तोलाको रु १ हजार २३० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।